२२ वैशाख, धनगढी : २५६७ औँ बुद्ध जयन्तीको अवसरमा दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीले आज अबैधानिक गाँजा उन्मुलन तथा जलपान कार्यक्रम सम्पन्न गरेको छ ।
बुद्ध जयन्तीको अवसरमा विगत लामो समयदेखि सामाजिक कार्य गर्दै आइरहेको विद्यार्थी केन्द्रित सामाजिक संस्था दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलाली तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय हसनपुर सँगको सहकार्य तथा ग्रिनक्लिन केएमसी क्लब तथा गोजुरियो कराते सँघ कैलालीको उपस्थितीमा आज वडा प्रहरी कार्यालयको अगाडीदेखी हसनपुरको एक्सिस विद्याश्रमको गल्ली र चोक सम्म रहेका गाजाँका बोटहरुलाई नस्ट गरिएको दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीका अध्यक्ष चेतन बिक्रम चन्दले जानकारी दिए ।
साथै आफ्नै स्व–स्फुर्त सहपाठी साथीहरुद्वारा आयोजित पशुपतिचोकमा आवात जावत गरिहेका मानिसहरुलाई बुद्ध जयन्तीको अवसरमा शुभकामना प्रदान तथा जलपान गराउने कार्यक्रममा संस्थाको तर्फबाट सहभागिता जनाई सहजिकरण गरेको संस्थाका अध्यक्ष चन्दले बताए ।