त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना

९ साउन, धनगढी : त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ ।

विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।

विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया