त्रिनगर माविको अध्यक्षमा पूर्व क्याम्पस प्रमुख चन्द

धनगढी । त्रिनगर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पूर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्द चयन भएका छन् ।

धनगढी उपमहानगरपालिका–१ मा रहेको त्रिनगर माविको हिजो बसेको विद्यालय व्यवस्थापन समितिको पूर्ण बैठकले व्यवस्थापन समितिको अध्यक्षमा कैलाली बहुमुखी क्याम्पसबाट सेवा निवृत्त भएका पुर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्दलाई छनौट गरेको हो ।

धनगढी उपमहानगरपालिकाले गत मंसीर २९ गते पत्र पठाई कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्दलाई अध्यक्ष र विमला कुमारी देवल जैरु लाई महिला सदस्यमा मनोनित गरेको जानकारी गराएको थियोे । उपमहानगरपालिकाबाट मनोनित गरिएका सुरेन्द्र चन्दलाई व्यवस्थापन समितिको अध्यक्षमा छनौट गरिएको विद्यालयका प्रधानाध्यापक भूपाल खड्काले बताए ।

तपाईको प्रतिक्रिया