धनगढी, मंसिर १५ । धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालयले आफ््नो ४८औँ वार्षिकोत्सव विविध कार्यक्रम गरि सम्पन्न गरेको छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्य मन्त्री सरस्वती खड्काको प्रमुख आतिथ्यतामा विद्यालयले शुक्रबार एक समारोहको आयोजना गर्दै वार्षिकात्सव कार्यक्रम समापन गरेको हो ।
समापन समारोहमा बोल्दै राज्यमन्त्री खड्काले त्रिनगर माध्यामिक विद्यालयले शैक्षिक क्षेत्रमा पुर्याइरहेको योगदानको प्रसंशा गर्दै विद्यालयको थप स्तरोन्नतिका लागि सहयोग गर्ने बताइन् ।
उनले विद्यालयको अपूर्ण रहेको छात्रावासलाई तीन वर्षभित्र सञ्चालनमा ल्याउने प्रतिबद्धता समेत जनाइन् । छात्राहरूको सङ्ख्या बढी रहेका त्रिनगरमा उचित छात्रा शौचालयको पनि व्यवस्था गर्ने राज्यमन्त्री खड्काले प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भूपाल सिंह खड्काले वार्षिक प्रतिवेदन पेस गर्दै विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुँदै गइरहेको बताए । उनले विद्यालयको विभिन्न पक्ष सुधारका लागि योजनाहरू समेत सुरु भएको जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र चन्दको सभापतित्व रहेको उक्त उक्त समापन समारोहमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु देखाएका थिए ।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावकलगायतको सहभागिता रहेको थियो ।