त्रिनगर भन्सार नाकालाई प्रमुख एजेन्डामा राख्ने : परराष्ट्र मन्त्री साउँदको प्रतिबद्धता

१७ बैशाख, धनगढी : कैलाली उद्योग वाणिज्य संघ धनगढीले आज परराष्ट्र मन्त्री एन पी साउँद सगँ भेटघाट तथा स्वागत कार्यक्रम आयोजना गरेको हो ।

सुदुरपश्चिममा रहेका पर्यटकिय क्षेत्रहरुको विकास तथा सुदुरपश्चिमको सबै भन्दा ठुलो नाका त्रिनगर भन्सार नाकाको व्यवस्थापन तथा स्तर उन्नतिकालागी उहाँलाई ज्ञापन पत्र हस्तान्तरण गरिएको छ ।

उक्त ज्ञापन पत्रमा सुदुरपश्चिमको विकास कैलाली भन्सार कार्यलयभित्र क्वारेनटाइनको व्यवस्थापन , कैलाली भन्सार देखि मानसरोवरसम्मको यातायात सञ्चालन , त्रिनगर नाकादेखि नेपाल भित्रिने पर्यटनहरुका लागी निर्धकका साथ सुदुरपश्चिमका पर्यटकिय स्थलमा जान पाउने व्यवस्थाका साथै दोधराचाँदनी सुख्खाबन्दगाह लगायतका निर्माणका कार्यहरु छिटो सञ्चालनमा ल्याउने मागहरु सहित ज्ञापन पत्र हस्तान्तरण गरिएको हो ।

ज्ञापन पत्र बुझ्दै परराष्ट्र मन्त्री साउँदले सुदुरपश्चिमको सबै भन्दा ठुलो त्रिनगर भन्सार नाकाको विषय पटक पटक उठिरहेको हुदा सबै भन्दा पहिला नाकालाई नै प्रमुख एजेन्डामा राख्ने प्रतिबद्धता जनाउनु भयो ।

तपाईको प्रतिक्रिया