त्रिनगर नाकाको प्लान्ट क्वारेटाईनलाई पुनः सञ्चालनमा ल्याउन कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिद्धारा निर्देशन

२१भदौ धनगढीः कैलालीको धनगढीस्थित त्रिनगर नाकाको प्लान्ट क्वारेटाईनलाई पुनः सञ्चालनमा ल्याउन कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्देशन दिएको छ ।

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकपछि समिति उपसचिव शिवदत्त बरालले त्रिनगर नाकाको प्लान्ट क्वारेन्टिनलाई सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनु भयो ।

तरकारीको विषादी परीक्षण गर्दै आएको उक्त क्वारेन्टिन तीन हप्तादेखि बन्द हुँदा खाद्यान्न, फलफूल र तरकारीको आयात–निर्यात समेत ठप्प छ ।

तपाईको प्रतिक्रिया