२६भदौ,धनगढीः सुदुरपश्चिमको प्रमुख भन्सार नाका कैलालीको त्रिनगरमा सञ्चालीत प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्र आयात ठप्प भएको छ ।
उक्त क्वारेन्टिन कार्यालयमा कार्यरत बाली संरक्षण अधिकृत प्रमोद ठगुन्ना अध्ययन बिदामा बसेपछि भारतबाट आयात हुने खाद्यान्न,फलफूल र तरकारी आयात ठप्प भएको हो । प्लान्ट क्वारेन्टिन सुचारु गर्नका लागी नेपाल उद्योग बाणिज्य महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष शंकर बहादुर बोगट र कैलाली उद्योग बाणिज्य सघंको टिमले प्रधानमन्त्री पुस्प कमल दाहाल,अर्थमन्त्री प्रकाशशरण महत, कृषी मन्त्री बेदुराम भुसालसँग भेट गरी प्लान्ट क्वारेन्टाइन यथाशिघ्र सञ्चालनका लागी माग गर्नुभएको छ ।उक्त भेटमा प्रधानमन्त्री तथा अर्थमन्त्रीले छिटो सुचारु गर्ने आश्वासन दिनु भएको कैलाली उद्योग बाणिज्य सघंका अध्यक्ष पुष्पराज कुवरले बताउनु भयो ।
सुदूरपश्चिमको एकमात्रै सामान आयात हुने नाकामा परीक्षण रोकिएपछि व्यवसायीका गाडीहरू भन्सार पारी नै रोकिएका छन् । खाद्य प्रविधि र प्लान्ट क्वारेन्टिनले जाँच गरेपछि मात्रै खाद्यान्न, तरकारी र फलफूलजन्य वस्तु नेपालमा प्रवेश गराउने गरिएको छ।
कार्यालय कुर्नका लागी एक जना कार्यालय सहयोगी मात्रै छन् । प्लान्ट क्वारेन्टिनको मुख्य कार्यालय कञ्चनपुरको गड्डाचौकी नाकामा रहेपनी भारतले शारदा नदीको पुलमा बढी भार भएका मालबाहक साधन आयात गर्न प्रतिबन्ध लगाएको छ। जस कारण खाद्यान्न, तरकारी र फलफूलमा विषादी, किराजन्य संक्रमण परिक्षण बन्द भएपछि आयात नहुँदा ब्यवसायी मारमा परेका छन्।