डोटीमा गाडीबाट खसेर घाईते युवकको हेलिकोप्टर मार्फत उद्धार

१४ बैशाख, धनगढी : डोटीमा एक जना युवक गाडीबाट खसेर घाईते भएका छन् ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं–९का राम बहादुर विकका १२ वर्षीय छोरा मोहनको बुधवार गाडी बाट खसेर टाउकोमा गम्भीर चोट लागेको थियो । घम्भीर चोट लागेका विकका छोरा मोहनको नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

गुडिरहेको जिपबाट खसेर गम्भीर घाइते भएका मोहनको जिल्लामा उपचार सम्भव नभए पछि बुधवार थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज स्थित कोहलपुर मेडिकल कलेज लागिएको हो । नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ र डोटीका जनार्दन जोशीको पहलमा घाइतेको हेलिकोप्टर मार्फत उद्धार गरिएको विकले बताए ।

घाइते मोहनलाई नेपाली सेनाको एनए ०५५ कलसाइन हेलिकोप्टर मार्फत उद्धार गरिएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताए ।

तपाईको प्रतिक्रिया