डोटीमा काठसहित ट्याक्टर चालक पक्राउ

१३ साउन, धनगढी  :  डोटीमा काठसहित ट्याक्टर चालक पक्राउ परेका छन् ।

जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर २ बजिलेकका डम्मर थापा काठसहित पक्राउ परेका हुन् ।

उनी सु.पु.प्र. ०१ ००२ त ५८३४ नम्बरको ट्याक्टरका चालक हुन । वन कार्यालयले ट्याक्टरमा ढुवानी गर्न थालिएको ९८ दशमलव ८९ क्यूफिट टुनीको काठसहित थापालाई नियन्त्रणमा लिएको हो ।

काठ र ट्याक्टर सव डिभिजन वन कार्यालय, बुडरको नियन्त्रणमा रहेका छन ।

तपाईको प्रतिक्रिया