डोटीमा आगलागी हुदाँ साढे दुई लाख बराबरको क्षेती

१९ जेठ, डोटी  : डोटीमा आगलागी हुँदा झण्डै साढे दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

जिल्लाको बोग्टानफुड्सिल गाउँपालिका–१ मडाका अम्मर बोहराकोे काठले बनेको दुई कोठे जस्ता र खरले छाएको एक तले घरमा कोही नभएको अवस्थामा विहिबार आगलागी भएको हो ।

बोहराकै बच्चाहरुले आगो खेल्ने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा आंशिक क्षति पुगेको छ ।

घरको काठ, खाद्यान्न, लत्ताकपडा, नगद एक लाख ५० हजार, जस्तापाता, एक थान मोवाईल लगायत गरी दुई लाख चार हजार ८ सय बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया