डोटीमा आगलागीबाट एक घरमा ७ लाखको क्षति

२४ वैशाख, डाेटी : डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको क्षति भएको छ। आदर्श गाउँपालिका–३ भकुण्डाका तुलाराम भट्टको घरमा आगलागी भएको हो।

२ तले ४ कोठे ढुङ्गामाटो, काठले बनेको पत्थरले छाएको घरमा गोठको बाहिर आंगनमा बालेको आगोबाट आगलागी भएको हो। आगलागीबाट २ वटा गोरु, १ वटा गाई र २ वटा बाख्रा जलेर मरेका छन्।

साथै घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा,भाडा वर्तनलगायतका सामानहरू जलि अन्दाजी ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया