डोटीको जोरायलमा भिरबाट लडेर महिलाको मृत्यु

१३ बैशाख, डोटी : डोटीमा भिरबाट लडेर गर्भवती महिलाको मृत्यु भएको छ ।

जोरायल गाउँपालिका– १ तुसे घर भएकी २१ वर्षीया अनिता मल्लको भिरबाट लडेर मृत्यु भएको हो ।

प्रहरी चौकी गैराका अनुसार अनिता मंगलबार स्याउला ल्याउन भन्दै घरबाट जाल बोकेर गाउँ नजिकैको जंगलमा गएकी थिइन् । खाना खाने समयमा पनि घर नफर्केपछि परिवार र छिमेकीले उनको खोजी सुरु गरेका थिए ।

खोजतलास गर्दा अनिता एउटा खोल्सामा भिरबाट लडेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया