डेउडा प्रतिष्ठान केन्द्रीय समितिले यस वर्ष पनि वृहत रुपमा गाैरा महाेत्सव गर्दै

१४ साउन, धनगढी : डेउडा प्रतिष्ठान केन्द्रीय समितिले यस वर्ष पनि सुदूरपश्चिम गौरा महोत्सव आयोजना गर्ने भएकाे छ ।

डेउडा प्रतिष्ठान केन्द्रीय समितिको बैठकले यस वर्ष अझै बृहत रुपले महोत्सवको आयोजना गर्ने निर्णय गरेको हाे । डेउडा प्रतिष्ठान केन्द्रीय समितिका अध्यक्ष दलबहादुर बोगटीको अध्यक्षतामा भएको बैठकले चार दिनसम्म महोत्सव सञ्चालन गर्ने निर्णय गरेको हो।

डेउडा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष वरिष्ठ डेउडा गायक दलबहादुर बोगटीले भने,‘ हामीहरूले बिगतका वर्षमा गरेको महोत्सवका कमि कमजोरी सच्याउदै अझै परिमार्जन गरेर उत्कृष्ट बनाउने छौ। हामीहरुले यहि गौरा महोत्सवमा विविध साँस्कृतिक कार्यक्रम संगै बृहत डेउडा प्रतियोगिता आयोजना गर्ने छौ।’

डेउडा प्रतिष्ठान केन्द्रीय समितिको मिति २०८० श्रावण–१३ गते संस्थाको कार्यालय सुदूरपश्चिमाञ्चल साहित्य समाजको प्राङ्गणमा संस्थाका अध्यक्ष दल बहादुर बोगटीको अध्यक्षतामा बसेको बैठकले ८ औं संस्कर विशेष पर्वको रुपमा रहेको सुदूरपश्चिम गौरा महोत्सव लाई सफल पार्न गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश सरकार, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान सबैलाई अनुरोधसमेत गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया