डाक्टरको टोली चढेको बस दुर्घटना, ६ जना घाइते

२ जेठ, धनगढी : बैतडीमा डाक्टरहरुको टोली चढेको बस दुुर्घटना भएको छ ।

स्वास्थ्य शिविरका लागि दार्चुलातर्फ गइरहेको नेपालगञ्ज मेडिकल कलेजको भे १ क ३१८ नम्बरको बस गएराति दुर्घटनामा परेको हो । हिजो राती १० बजेतिर दशरथचन्द राजमार्ग अन्तरगत पाटन नगरपालिका वडा म्बर ८ को अनारखोलीमा बस दुर्घटना हुुँदा ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १२ बस्ने ३५ वर्षीय जंगबहादुर चौधरी, ३२ वर्षीय शिशिर खड्का, ४४ वर्षीया रिता देवकोटा, ४६ वर्षीया सावित्री पौडेल, ४८ वर्षीया सुनिता खड्का र ४० वर्षीया ललिता गुरुङ रहेको सुुदुुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
बसमा सवार अरु डाक्टर र सहयोगी कर्मचारीे सकुशल छन् भने स्वास्थ्य समाग्रीमा क्षति पुगेको छ । बस ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया