१७ जेठ, डडेल्धुरा : डडेल्धुरामा बाख्रा चराउन गएकी बालिका मृत फेला परेकी छन ।
मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिका–५ लम्पाटीका लक्ष्मण बिककी १० वर्षीया छोरी शानु बिक मृत फेला परेकी हुन् ।
बाख्रा चराउन जंगल गएकी उनी राती अबेरसम्म घर नआएपछि प्रहरीलाई खबर गरिएको थियो । अस्थायी प्रहरी पोष्ट ठाँटाबजारबाट खटिएको प्रहरी टोलीले सानुलाई आज बिहान घरभन्दा एक किलोमिटर दुरीको जंगलमा मृत अवस्थामा फेला पारेको छ ।
यस विषयमा थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।