डडेल्धुरामा झाडापखालाका कारण बालिकाको मृत्यु

२७ वैशाख, डडेल्धुरा : डडेल्धुरामा झाडापाखालाका कारण एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको परशुराम नगरपालिका–८ गुप्तेगडाकी १४ वर्षीया संगिता धामीको मंगलबार साँझ मृत्यु भएको हो ।
केही दिनअघि बिरामी परेकी उनलाई हिजो नै जोगबुढा अस्पताल पु¥याइएकोमा झाडापखालाका कारण उनको ज्यान गएको जोगबुडा अस्पतालका डाक्टर जितेन्द्र चौधरीले बताए ।

संगिताको शरिरमा पानीको मात्रा निकै कम भएको अवस्थामा थप उपचारका लागि धनगढी रेफर गरेकामा उनको बाटोमै मृत्यु भएको हो । यस्तै सोही गाउँका अन्य ३ जना समेत झाडापखालाका कारण अस्पताल भर्ना भएका छन । संगितासहित एकै परिवारका ५ जना मंगलबार उपचारका लागि जोगबुडा अस्पताल पुगेका थिए । मृतकका आफन्तले अस्पतालले लापरबाही गरेका कारण बालिकाको ज्यान गएको भन्दै बिरोध गरिरहेका छन् ।

गुप्तेगडामा झाडापाखाला संक्रमण फैलिएको खबर पाएपछि जोगबुडा अस्पतालबाट स्वास्थ्यकर्मीको टोली उक्त क्षेत्रमा खटिएको परशुराम नगरपालिकाको स्वास्थ्य शाखा संयोजक तेजबहादुर सिंहले बताए।

साथै उक्त क्षेत्रमा हैजा फैलिएको आशंकामा स्वास्थ कार्यालय डडेल्धुराबाट थप चेकजाँचका लागि स्वास्थ्यकर्मिको टोली खटाइएको छ ।

तपाईको प्रतिक्रिया