डडेल्धुरामा एम्बुलेन्स दुर्घटना

१२ साउन, डडेल्धुरा  :  डडेल्धुरामा एम्बुलेन्स दुर्घटना भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–५ किरमडेमा दार्चुलाको मालिकाअर्जुन गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो ।
सुपप्र ०२००१ झ १३१ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

उक्त एम्बुलेन्समा ल्याइएका बिरामीलाई डडेल्धुरा अस्पतालले रेफर गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

तपाईको प्रतिक्रिया