डडेल्धुराबाट कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ

डडेल्धुरा, मंसिर १ । डडेल्धुराबाट कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला अदालत डडेल्धुराको फैसलाले कुटपिट मुद्दामा २५ हजार जरिवाना र ३५ हजार क्षतिपूर्ति तोकिएका परशुराम नगरपालिका–२ गोगन बस्ने ३८ वर्षीय लालबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।

बोहरालाई इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनकै घरबाट पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया