डडेल्धुराको रडुवामा आएको पहिराेकाे ढुंगा लागेर १७ वर्षिय किशोरको मृत्यु

२४ भदौ ,डडेल्धुरा : डडेल्धुराकाे केआईसिंह राजमार्ग अन्तर्गत रडुवामा आएकाे पहिरोमा ढुंगा लागेर एक किशोरको ज्यान गएको छ।

जिल्लाको अमरगढी नगरपालिका-४ बस्ने १७ वर्षीय राकेश ऐरको ढुंगा लागि ज्यान गएको हो।

हिजो (शनिबार) डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडी सिटमा सवार उनको टाउकोमा माथिबाट खसेको ढुंगा लागेको थियो।

घाइते भएका उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी रेफर गरिएकाेमा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

 

तपाईको प्रतिक्रिया