डडेल्धुराको आलितालमा युवती मृत फेला

११ साउन , धनगढी : डडेल्धुरा जिल्लाकाे आलितालमा एक युवति मृत फेला परेकी छन ।

आलिताल गाँउपालिका-७ खिन्नेभाडीकी  २१ वर्षीय  नन्दा साउद आज बिहान मृत फेला परेकी हुन ।

उनी घर नजिकै ५०० मिटर परको पहिरोमा  खसेको अवस्थामा बिहान ६:३० बजे फेला परेकि हुन । उनि घरबाट राति १२:३० बजे हराएकी थिइन। रात भरि खोज्दा बिहान मात्रै पहिरोमा खसेको अबस्थामा शब फेला पारेकाे हाे ।

उनि घरबाट बेपत्ता भएपछी संगै सुतिरहेकि बहिनी अनिताले घरका अन्य सदस्यहरुलाई खबर गरेपछि खाेजि कार्य गरिएकाे थियाे ।

चप्पल र चुन्नि पहिरोको डिलमा देखिएकाे हुदाँ घटना संकास्पद रहेकाे भन्दै सत्य तथ्य छानबिन हुनु पर्ने मृतकका बुवाको माग छ।

प्रहरीको टोलि घटना स्थल तिर पठाईसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मनोहर भट्टले बताए।

” हामिले जिल्लाबाट नै इन्सपेक्टरको नेतृत्वमा टोलि पठाएका छौ। “घटना स्थल सम्म पुग्न २/३ घण्टा हिड्नु पर्ने भएकाले टोली पुग्न ढिलाई भएको उनको भनाई छ।

तपाईको प्रतिक्रिया