ट्याक्टरमा ठोक्किएर सैनिक जवानको मृत्यु

१५ बैशाख, रौतहट : वीरगंज–कलैया सडकखण्डमा रड बोकेको ट्र्याक्टरको पछाडि ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ ।

वीरगन्जबाट रड बोकेर रौतहटको देवाहि गोनाही आउँदै गरेको ना ५ त ८२५० नम्बरको ट्याक्टरमा गए राति मोटरसाइकल ठोक्किँदा सवारी चालक सैनिक जवानको मृत्यु भएको हो ।

चितवनबाट आफ्नो घर फर्किने क्रममा कलैया उपमहानगरपालिका–१६ का राजनकुमार रामले चलाएको मोटरसाइकल बाराको सिसहनीया चौक नजिकै करिब ९ बजे ठोक्किएको थियो ।

उनी चितवनस्थित नेपाली सेनाको ब्यारेकमा कार्यरत रहेको खुल्न आएको छ । सो घटना पछि मृतकलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल, कलैया पठाइएको तथा ट्याक्टर चालक रौतहट देवाहि गोनाही–६ टिकुलियाका ३० वर्षिय रमेश तिवारीलाई नियन्त्रणमा लिइएको छ ।

तपाईको प्रतिक्रिया