जुत्ताको सोलमा दुई किलो सुन, एक जना पक्राउ

काठमाडौं, मंसिर ७ । रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले सुनसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईका अनुसार कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएको अवस्थामा सुन बरामद भएको थियो ।

यसबारे आवश्यक अनुसन्धान र जाँचका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको डीएसपी भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया