धनगढी, मंसिर १६ । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुलले निर्वाचित भएको प्रमाणपत्र पाएकी छन्।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सपथपछि उनलाई प्रमाणपत्र दिइएको हो।
नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारुले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि भूल समन्वय प्रमुखमा निर्विरोध निर्वाचित भएकी थिइन्।
प्रदेश निर्वाचन कार्यालय, कैलालीका निमित्त प्रमुख प्रेम भट्टले नागरिक उन्मुक्ति पार्टीकी थारुले उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध भएकी भुललाई प्रमाणपत्र दिइएको बताए।
यसअघि कांग्रेसबाटै जिल्ला समन्वय समितिको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि सो पद रिक्त थियो।