जिप दुर्घटनापछि डिलाशैनी गाउँपालिकामा शोक बिदा

बैतडी, कार्तिक ३० । बैतडीको डिलाशैनी गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ।

मालिकार्जुन मन्दिरको जात्रा दर्शनपछि घर फर्कने क्रममा जिप दुर्घटना हुँदा डिलाशैनीका जनासहित ८ जनाको मृत्यु भएपछि पालिकाले शोक विदा दिएको हो। दर्शनार्थीहरू चढेको जिप दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै गाउँपालिकाले शोक बिदा दिएको छ ।

डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले एक शोक वक्तव्य जारी गर्दै दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। आज एक दिन गाउँपालिकामातहतका सबै कार्यालयहरुमा शोक बिदा रहने उल्लेख गरिएको छ।

 

तपाईको प्रतिक्रिया