जापानमा सर्वोत्कृष्ट बिएचएम कलेज अवार्डबाट सम्मानित धनगढीको नेपाल वेस्टर्न एकेडेमी अभ्यास शिक्षणमा व्यस्त

धनगढी ।सुदूरपश्चिम प्रदेशमा बिएचएम कार्यक्रम संचालन गर्ने पहिलो र एकमात्र  कलेज नेपाल वेस्टर्न एकेडेमीले विद्यार्थीहरुलाई विभिन्न देशका परिकारहरूको बारेमा अभ्यास शिक्षण गराइरहेको छ । एकेडेमीले काठमाडौंको पाँच तारे होटेलमा कार्यरत अन्तराष्ट्रिय स्तरमै ख्याती प्राप्त प्रशिक्षकबाट अभ्यास शिक्षण गराई रहेको छ । जापानमा भएको एक कार्यक्रममा नेपाल वेस्टर्न एकेडेमी बर्ष २०२३ मा अन्तराष्ट्रिय स्तरमै सर्वोत्कृष्ट बिएचएम कलेज सम्मान बाट सम्मानित भएको थियो ।

विद्यार्थीलाई किताबी ज्ञान संगै विभिन्न देशका परिकारहरु तयार पार्न,सर्भिस गर्न र खाने तरिकाहरु सिकाउन आवश्यक भएकाले प्रशिक्षकको निगरानीमा कलेजको सुविधा सम्पन्न किचेन र रेष्टुरेन्टमा डाइनिङ इक्विटी अभ्यास शिक्षण गराइएको कलेजका बिएचएम विभाग प्रमुख प्रमोद श्रेष्ठले जानकारी दिए । बिएचएमका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुले अभ्यास शिक्षणका क्रममा तयार पारेका परिकारहरु सिकाई अभ्यासमा ख्याती प्राप्त व्यक्तित्वबाट फुड टेष्ट र सर्भिस को अवलोकन गराउदै आइएको श्रेष्ठले बताए ।

कलेजका एकेडेमिक डाइरेक्टर भीम बहादुर चौधरीले आप्नो कलेजमा पढेका विद्यार्थीले कलेजबाट सैद्दान्तिक र प्रयोगात्मक ज्ञान,सीप र अनुभव बटुलेर देश तथा विदेशका ठुला तारे होटेलहरूमा इन्टर्नसिप गर्दै रोजगारीको अवसर समेत पाइरहेको बताए । उनले आप्नो कलेजबाट पढेका विद्यार्थीले सजिलै विश्व बजारमा प्रतिस्पर्धा गरेर टिक्न सक्ने वातावरण सिर्जना भएकाले सुदूरपश्चिममा बिएचएम पढ्ने विद्यार्थीको पहिलो रोजाई नै नेपाल वेस्टर्न एकेडेमी भएको दावि गरे ।

नेपाल वेस्टर्न एकेडेमीमा पढेर इन्टर्नसिपको लागि हाल फ्रान्समा रहेका अर्जुन संज्यालले कलेजले प्रयाप्त मात्रमा अभ्यास शिक्षण गराएकाले आफुहरुलाई इन्टर्नसिप गर्न सहज भएको प्रतिक्रिया दिए ।

कार्यक्रममा बोल्दै कलेजका संचालक शैलेश कुमार सिंहले कलेजका विद्यार्थीलाई सक्षम नागरिक तयार गर्न कलेज प्रशासन,व्यवस्थापन र सिंगो टिम लागि रहेकाले सफलता मिलेको बताए । विद्यार्थीले विश्वविद्यालयको परीक्षामा ल्याउँदै गरेको नतिजा र पढिसकेपछि रोजगारीको व्यवस्था सहितको इन्टर्नसिपको व्यवस्थापनले नै कलेज देशमै उत्कृष्ट कलेजको सुचीमा परेको बताए ।

तपाईको प्रतिक्रिया