जलवायु परिवर्तन तथा हरित अर्थतन्त्रमा नेपाली युवाहरुको साझेदारी कार्यक्रम सुदूरपश्चिममा पनि संचालन हुँदै

२७ बैशाख, धनगढी : अमेरिकन कर्नर धनगढीले द युथ क्यान संस्थाकाे प्रान्तीय बैठक आयोजना गर्न क्रिएजन नेपाल र युथ इनोभेसन ल्याबसँग सहकार्य गरेको छ।

मंगलबार  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. शिवराम पोखरेलले द युथ क्यान संस्थाकाे  परियोजनाको औपचारिक शुभारम्भ गरेका हुन् ।

उक्त कार्यक्रममा जलवायु र प्रकोप शासनमा युवाहरूको संलग्नता बढाउन, हरित उद्यमशीलता प्रवर्द्धन, र डाटा-संचालित समाधानहरूको वकालत गर्नमा ध्यान केन्द्रित गर्दै विश्व क्याफे छलफल प्रस्तुत गरिएकाे थियाे ।

साथै कार्यक्रममा युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले द युथ क्यान संस्थाकाे परियोजनाको अन्तरदृष्टिपूर्ण सिंहावलोकन प्रदान गरेका थिए।

कार्यक्रमकाे अन्त्यमा  नीड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले छोटो मन्तव्य राखेका थिए भने क्रिएसनका बोर्ड सदस्य भुवन केसीले समापन मन्तव्य राखेका थिए ।

इनाेभेसन ल्याबले मधेश प्रदेश तथा कर्णाली प्रदेशमा युवालाई प्रेरित गर्दै जलवायु र यसका प्रकाेपका विषयमा कार्यक्रम गर्दै आइरहेकाे छ । साथै यस संस्थाले युवा पुस्तालाई सुशासन, उद्यमशीलता र डिजिटल पैरवीको माध्यमद्वारा जलवायु परिवर्तनको न्यूनीकरण बारे जानकारी गराउने गर्दछ ।

याे दुई वर्ष अघि संचालन गरिएको यस परियोजना मधेश प्रदेशबाट सुरु हुँदै कर्णाली प्रदेशमा पनि संचालन गरिएको थियो । आगामी वर्ष सुदूरपश्चिममा पनि यस्तै परिवर्तनका प्रयासहरू गर्ने भएको छ ।

नेपाली युवालाई जलवायु अनुकुलन तथा हरित अर्थ तर्फ प्रेरित गर्न युरोपेली संघको आर्थिक सहयोगमा संचालन गरिएको कार्यक्रम हो ।

साथै उक्त कार्यक्रममा कैलाली उद्योग बाणिज्य महासंघ कैलालीको पनि सहकार्य रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया