२४ वैशाख, कैलाली : डेउडा प्रतिष्ठान केन्द्रीय कार्यसमितिले आईतवार कलाकार कल्याणकारी कोषको स्थापना घोषणा गरेको छ ।
कलाकार कल्याणकारी कोषको घोषणा संगै संस्थाका कोषाध्यक्ष लोक गायक प्रेम बिबश चन्दले अाफ्नाे जन्म दिनको अवसरमा ५ हजार १ सय १ रुपैयाँ नगद संस्थाका अध्यक्ष दलबहादुर बोगटीलाई हस्तान्तरण गरेका हुन ।

कलाकारहरुको जीवनको अफ्ट्यारो परिस्थितिमा प्रतिष्ठानले अरु केही नसके पनि साहाराको रूपमा उभ्याउनका लागि कलाकार कल्याणकारी कोष स्थापना गरिएको संस्थाका बरिष्ठ उपाध्यक्ष सुरत रावत (डोटेली कान्छा) ले बताउनु भयो ।
हामीले संस्था स्थापना भएदेखीको सपना पूरा गर्न आज साइत जुर्यो संस्थाका कोषाध्यक्षको जन्म दिनमै आज घोषणा गरिएको छ अब यस्ले ठूलो आकार लिने बिश्वास छ । यसका लागि सबैको साथ र सहयोग अपरिहार्य छ ।
जन्म दिन मनाएर फजुल खर्च गर्नु भन्दा कलाकार कल्याणकारी कोषमा जम्मा गर्नु उपयुुक्त लाग्यो त्यसैले मैले आफ्नो जन्म दिनमा ५ हजार १ सय १ रुपैयाँ संस्थाका अध्यक्ष दलबहादुर बोगटीलाई नगद हस्तान्तरण गरे । यो कोष अझै वृद्धि गर्दै लैजानेमा तपाईं हामी लागि पर्नुपर्ने भन्दै,कल्याणकारी कोष दुखको साथी हो । सुखमा संसार छ तर पिर र दु:खमा कसैको साथ नभएनी यो कोषले घाउको मलम बनिदिने छ । तपाईं हामी आजै बाट लागि परौं साथै विभिन्न निकाय तथा सरकारलाई घचघच्याई हामी कलाकार माथी आईपर्ने समस्याको निदान गर्न लागि परौं-संस्थाका कोषाध्यक्ष प्रेमबिबश चन्दले बताउनु भयो ।
त्यस्तै लोक गायिका एवं समाजसेवी दुर्गा सापकोटाले ५ हजार हस्तान्तरण गर्नु भएको छ । रुपैयाँ हस्तान्तरण गर्दै सापकोटाले भन्नु भयो – कलाकारका लागि जीवनको अफ्ट्यारोमा साहारा बन्ने यो कलाकार कल्याणकारी कोष बन्ने सुनेपछि आफुले संस्थालाई हस्तान्तरण गरेको बताउनु भयो ।