चैतन्य पाठशालाले गर्‍यो नयाँ भवनको शिलान्यास 

१३ असार, धनगढी :  धनगढी उपमहानगरपालीका शिवनगर ५ मा प्रर्ने चैतन्य पाठशालाले आज बुधवार सनातन वैदिक परम्परा अनुसार सुविधा सम्पन्न भवन निर्माणको लागि शिलान्यास गरेको छ ।

चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले आजको विज्ञान, प्रविधिको युगमा विद्यार्थीहलाई सुविधा र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले शिक्षालाई मध्यनजर गर्दै २५ कोठे र ९ कोठे गरी दुई ओटा सुविधा सम्पन्न भवन निर्माण गर्न थालिएको बताए ।

यस्का साथै बालबालिकाका लागि प्रर्याप्त खेल सामग्री हुनुपर्ने भएकाले चैतन्य पाठशाला आफ्नै फुटसल, स्विमिङ्ग पुल र आफ्नै ठूलो सुविधासम्पन्न मिटिङ हल समेत निर्माण गर्ने जानकारी दिए । अध्यक्ष जोशीले विद्यार्थीको संख्या बढाउने भन्दा पनि शिक्षा र विद्यालयको जग बलियो बनाउनु पर्ने , विद्यालयले विद्यार्थी खोज्ने होइन। विद्यार्थी र अभिभावकले राम्रो विद्यालय कुन छ भनेर विद्यालय खोज्ने अवस्था सिर्जना गर्नुपर्ने बताए ।

अहिले प्रतिस्पर्धाको समय भएकाले समय सापेक्ष शिक्षा प्रदान गर्नुका साथै आफूहरूले संस्कारसहितको शिक्षा प्रदान गरिरहेको बताए । शिलान्यास समारोहमा पण्डित वासुदेव जोशी, विद्यालयका प्राचार्य हरि प्रसाद जोशी, संस्थापक प्राचार्य उदयप्रताप सिंह, सन्चालक पदम धानुक, टंकप्रसाद जोशी, खगेन्द्र पन्त, सहायक प्राचार्य कटक बहादुर सिंह, पिटिए अध्यक्ष ईश्वर गिरी, व्यवस्थापन समिति सदस्य गोरख खाती, र चैतन्य पतञ्जलि योग समिति सदस्यलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया