२० जेठ, धनगढी : डेउडा प्रतिष्ठान केन्द्रीय समितीद्वारा स्थापित कलाकार कल्याणकारी कोषमा विभिन्न ब्यक्तिले आफ्नो र आफ्ना आफन्तजनको जन्मोत्सव संगै आफ्नो बैबाहिक उत्सबको अवसरमा समेत रकम जम्मा गर्न थालेका छन ।
२०८० जेठ १९ गते शुक्रबार मात्रै डेउडा प्रतिष्ठानका आजिवन सदस्य समेत रहेका वरिष्ठ चलचित्रकर्मी राजकुमार जोशीले आफ्नो जन्म दिनको अवसरमा रू.५०००÷–(अक्षरेपि पाँच हजार रुपैया मात्र) नगद डेउडा प्रतिष्ठानको कल्याणकारी कोषलाई केन्द्रीय कार्यालयमा संस्थाका बरिष्ठ उपाध्यक्ष सुरत रावत (डोटेली कान्छा) लाई रकम हस्तान्तरण गर्नु भएको छ ।
जन्म दिनमा फजुल खर्च नगरी कलाकारको हितमा कलाकारलाई अफ्ट्यारो पर्दा सुख दुःखको साथीको रूपमा कलाकार कल्याणकारी कोषलाई एउटा अभियानको रुपमा लिएर यो बर्ष कल्याणकारी कोष संकलन बर्षका रुपमा लिने संस्थाका कोषाध्यक्ष प्रेम बिबश चन्दले बताउनु भयो ।
कोष डेउडा प्रतिष्ठानको मात्र नभई समस्त विभिन्न कला क्षेत्रमा कलाकर्मिहरुको साहाराको रुपमा उभिने भएकाले कोषको बृद्धि गर्न तर्फ लाग्नुपर्ने संस्थाका बरिष्ठ उपाध्यक्ष सुरत रावत डोटेली कान्छाले बताउनु भयो हामी ऐन बनाएर प्रक्रियागत रुपमा अघि बढिरहेका छौं यसका लागि सरोकार निकाय सबैको सहयोगको अपेक्षा छ रावतले भन्नू भयो ।