चर्काे व्याजदरका कारण व्यावसायीहरु धरासाहि बन्दै

३० बैशाख, धनगढी : कैलाली उद्योग वाणिज्य संघले शुक्रबार गरेको एक कार्यक्रमा अहिलेको अवस्थामै बैंकको ब्याजदर वृद्धि हुँदै जाने हो भने असार मसान्त सम्म सबै व्यवसायी लिलाम हुने निश्चित भएको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए ।

जताततै सटरहरू बिक्रीमा रहेको सूचना मात्रै देखिन थालेकोमा सम्पूर्ण व्यावसायीहरु प्रताडित भइरहेका बेला व्यावसायीहरुलाई कसरी सहज वातावरण सिर्जना गर्ने भन्ने तिर उद्योग वाणिज्य अग्रसर भएर लागेको तथा बैंकको ब्याजदर १७ प्रतिशत सम्म पुग्दा ८० प्रतिशत व्यवसायीको बिक्री पूर्ण रूपमा घटेको आपतकालिन अवस्थामा घर भाडा बहाल कर बढ्नु अझ पिडादायी भएको उपाध्यक्ष ओझाले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य पुस्पराज कुँवरले पुर्व बजेट अगावै आफुले नेपाल उद्योग वाणिज्य महासंघ ,अर्थ मन्त्री र प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको उनले बताए ।

साथै उनले कैलालीका सबै बस्तुगत संघहरुलाई देशमा चलिरहेको आर्थिक मन्दिमा व्यावसायीहरुले भोगिरहेका समस्याहरुलाई ध्यानमा राख्दै यस्लाई न्युनिकरण गर्न एकजुट भएर लाग्न अनुरोध गरेका छन् ।
“यस्तो परिस्थितिमा हामी व्यावसायी नै एकआपसमा मिलेर जानुपर्ने हुन्छ , पीडा सबैलाई छ ,स्वस्थ प्रतिस्पर्धा गरेर अगाडि बढ्न जरुरी छ अनि मात्र हामी सफल हुन्छौं।” उनले भने ।

शुक्रवार कैलाली उद्योग वाणिज्य संघको हलमा भएको कार्यक्रममा कैलाली उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पुष्पराज कुवरको अध्यक्षता र विभिन्न उद्योग व्यवसायीहरूको उपस्थितिमा ३५ वटा वस्तुगत संघहरु , नाटा सुदूरपश्चिम ,नेपाल घरेलु तथा साना उद्योग ,सेती महाकाली ट्रक यातायात व्यवसायी संघ , होटल व्यवसायी संघ ,हार्डवेयर व्यवसायी संघ ,सुदूरपश्चिम अटोमोबाईल्स डिलर्स एसोसिएसन ,बजार बिक्री प्रतिनिधि संघ ,इलेक्ट्रिक डिलरर्स एसोसिएसन अफ नेपाल ,कैलाली वितरक संघ ,मदिरा व्यवसायी संघ ,किराना व्यवसायी संघ ,सुदूरपश्चिम यातायात प्राली,सेती महाकाली इँटा व्यवसायी संघ ,धनगढी होलसेल व्यवसायी ,रेडिमेड व्यवसायी संघ ,कैलाली तरकारी तथा फलफूल होलसेल व्याज संघ ,नेपाल औषधी व्यावसायि संघ ,नेपाल बिक्री प्रतिनिधि संघ ,सुदूरपश्चिम मोबाइल व्यावसायि संघ ,ट्याक्टर व्यावसायि संघ ,कुखुरा व्यवसायी संघ ,ग्रील सटर व्यवसायी संघ ,पेट्रोलियम डिलर्स ए अफ नेपाल , एग्रोभेट संघ ,कर्णाली रिभर यातायात ,सुनचाँदी व्यावसायि संघ ,कम्प्युटर एसोसिएसन अफ नेपाल ,पाठ्यपुस्तक तथा स्टेसनरी व्याज महासघ,छाला जुत्ता व्यवसायी संघ ,कैलाली जिल्ला आभूषण व्यवसायी संघ ,खप्तड यातायात प्राली ग्यास डिलर्स एसोसिएसन ,नेपाल बीउ व्यवसायी संघ र नेपाल फोटोग्राफर्स आदिको ऐक्यबद्धता सहितको ३ बुँदे माग सहितको विज्ञप्ति जारी गरिएको छ ।

तपाईको प्रतिक्रिया