डडेल्धुरा, मंसिर १४ । चरेश कारोबारको मुद्दामा फरार रहेका डडेल्धुराको एक जना पक्राउ परेका छन् ।
जिल्ला अदालत डडेल्धुराको फैसलाले लागू औषध (चरेश) मुद्दामा एक वर्ष कैद सजाय र १० हजार जरिवाना तोकेपछि फरार रहेका अमरगढी नगरपालिका–४ बस्ने ५३ वर्षीय खगेन्द्र राज भट्ट पक्राउ परेका हुन् ।
भट्टलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बिहीवार अमरगढी नगरपालिका–५ बागबजारबाट पक्राउ गरेको जनाएको छ । उनलाई कैद भुक्तानका लागि कारागार पठाइएको छ ।