धनगढी, मंसिर १२ । कञ्चनपुरबाट लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–४ गोबरियाका ३१ वर्षका रविसिंह भाट रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले घरमा टिनको दराजभित्र लुकाई छिपाई राखेको अवस्थामा रेक्सोजेसिक एम्पुल ६० थान फेला पारी उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।