घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

धनगढी, कार्तिक २६ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १ हजारले घटेर तोलाको १ लाख ६५ हजारमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको १ लाख ६६ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया