घट्यो सुनको मुल्य,ताेलाकाे कति पुग्यो ?

आर्थिक समचार

१३ बैशाख, काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २ सयले घटेर १ लाख ३५ हजार ८०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार ३५० मा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बुधबार चाँदी तोलाको १६ सय ७० मा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *