गोरखा उद्योग वाणिज्य संघको टीमलाई कैलालीमा स्वागत

धनगढी । गोरखा उद्योग वाणिज्य संघको टिमलाई कैलाली उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।

अध्ययन अवलोकन भ्रमणमा कैलाली पुगेको गोरखा उद्योग वाणिज्य संघको टिमलाई कैलाली उद्योग वाणिज्य संघले शनिबार एक कार्यक्रमकाबीच आफ्नो कार्यालयमा स्वागत गरेको हो ।

सो अवसरमा दुई उद्योग वाणिज्य संघका पदाधिकारीहरुबीच उद्योग व्यवसायीका समस्या समाधान र आपसी सहयोग र सहकार्य गरेर काम गर्ने विषयमा छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया