गोदावरी नगरपालिकाले ल्यायो एक अर्ब २२ करोडको बजेट

८ असार, धनगढी  : सुुदूरपश्चिमको राजधानी कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि एक अर्ब २२ करोड बराबरको बजेट ल्याएको छ ।

शुक्रबारको दशौं नगरसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिएको हो । चालुतर्फ ७६ करोड २८ लाख ६२ हजार र र पँजीगततर्फ ४६ करोड ६६ लाख ८ हजार बजेट सार्वकि गरिएको छ ।

खर्च व्यहोेर्ने स्रोतमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत १८ करोड ४२ लाख, संघीय राजश्व बाँडफाँडबाट १७ करोड १ लाख ९२ हजार, संघीय सशर्त अनुदानबाट ३७ करोड ५२ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

संघीय विशेष अनुदानबाट ३ करोड, संघीय समपुरक अनुदानबाट ८० लाख, प्रदेश वित्तीय समानीकरणबाट एक करोड ६९ लाख ४३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ६३ लाख ३० हजार, स्थानीय राजश्वबाट ६ करोड ५६ लाख १५ हजार, आन्तरिक स्रोतबाट १२ करोड ५४ लाख ९० हजार, संञ्चित कोष बैंक मौज्दातबाट २४ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

यसैबीच नेकपा एमालेले भने नगरसभा बहिष्कार गरेको छ । एमालेबाट निर्वाचित भएका जनप्रतिधिले दशौँ नगरसभाको उदघाटन सत्र बहिष्कार गरेका हुन । नगरसभा शुरु हुने बित्तिकै उनुहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए । मेयर बिरेन्द्र भट्टले बजेट निर्माणमा उपेक्षा गरेको भन्दै जनप्रतिनिधिले सभा बहिष्कार गरेका हुन् ।

तपाईको प्रतिक्रिया