धनगढी, कार्तिक ३० । परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउवाले गेटामा मेडिकल चाँडै सञ्चालन हुने बताएका छन् ।
शुक्रवार गेटा विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री राणाले यस्तो बताएकी हुन् । उनले स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र नेपाल सरकारले गेटामा मेडिकल विषयको अध्यापन सुरू गर्न संयुक्त रुपमा रणनीति तय गरिरहेको बताइन्।
डडेल्धुराको उग्रतारा मेलामा सहभागी हुन मन्त्री राणा शुक्रवार धनगढी आइपुगेकी हुन्। उनलाई प्रदेश मन्त्री, संघीय सांसद, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र नेपाली काँग्रेसका नेता कार्यकर्ताले विमानस्थलमा स्वागत गरेका थिए ।