धनगढी, २३ पुस/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गेटामा २४ औं घण्टा इमर्जेन्स सेवा दिने बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य संघले गरेको स्वागत कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले त्यसका लागि नेपाल सरकारबाट छात्रवृत्तिमा अध्ययन गरेका एक दर्जन डाक्टर, डेढ दर्जन जति नर्स तत्काल व्यवस्थापन गरेर इमर्जेनी सेवालाई २४ औं घण्टा सञ्चालन गर्ने बताउनुभएको हो । मन्त्री पौडेलले तीन सय शैयाको अस्पताल सञ्चालन लागि स्वास्थ्य मन्त्रालयले केही जनशक्ति आफैले उपलब्ध गराउँने र केही जनशक्तिका लागि ओएनएम गरेर उपलब्ध गराउने गरी क्याबिनेटमा पस्तावका लागि तयारी गरेको बताउनुभयो । उहाँले यही आर्थिक वर्षमा एमबिबिएस कार्यक्रम समेत सञ्चालन हुन सक्ने बताउनुभयो ।
कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याइदिन आग्रह गर्नुभयो । कार्यक्रममा मन्त्री पौडेललाई मायाको चिनो दिइएको थियो ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरकोे अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मन्त्री तथा राज्य मन्त्री एवम् संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।