कैलालीको गेटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढी, कार्तिक २९ । कैलालीको गोदावरी नगरपालिका–५ गेटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १० महिना १३ दिन कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–४ बस्ने २५ वर्षीय सन्तोष राना पक्राउ परेका हुन्।

फरार रहेका रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया