गत बर्षभन्दा ६ प्रतिशत सुधार गर्दै बैतडी जिल्ला अस्पताल देशकै उत्कृष्टमा छनाेट

३१ बैशाख, बैतडीः जिल्ला अस्पताल बैतडी देशकै उत्कृष्ट अस्पताल बनेको छ।

स्वास्थ्य मन्त्रालयले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धमा अनुगमन तथा मूल्यांकन गर्दा ९५ प्रतिशत अंकसहित देशकै उत्कृष्ट अस्पताल बनेको हो।

यही वैशाख ३० र ३१ गते क्षेत्रीय स्वास्थ्य निर्देसनालय र निक साइमन इन्स्टिच्युटले जिल्ला अस्पताल बैतडीको अनुगमन तथा मूल्यांकन गरेको थियो।

सो क्रममा बैतडी जिल्ला अस्पतालले केही नमुना अभ्याससहित सर्वाधिक अंक प्राप्त गरेर देशकै उत्कृष्ट अस्पताल बनेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका डाक्टर नीराजन श्रेष्ठले बताए।

गत वर्ष ८९ प्रतिशत अंक प्राप्त गरेको अस्पतालले यो वर्ष ६ प्रतिशत सुधार गर्दै ९५ प्रतिशत अंक प्राप्त गरेको हो।

अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालभित्रका प्राविधिक सुविधा, जनशक्ति व्यवस्थापन, भौतिक अवस्थाजस्ता सूचकका आधारमा मूल्यांकन गर्दै अंक प्रदान गरिन्छ।

अस्पतालले गत वर्षदेखि नयाँ भवनबाट सेवा दिन सुरु गरेको थियो।

तपाईको प्रतिक्रिया