गण्डकीमा दुई मन्त्रीसहित शपथ लिदै मुख्यमन्त्री अधिकारी

राजनीति समचार

२५ चैत्र, काठमाडौं : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै शपथ लिने तयारी गरेका छन् । दिउँसो साढे ३ बजे शपथको तयारी गरेका मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले पनि शपथ लिने भएका छन् ।

अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र दीपक मनाङेलाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।

एमाले संसदीय दल नेता अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीलाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *