३० जेठ, धनगढी : गंगा दशहरा मेलाका लागि बेहडा बाबा मन्दीर क्षेत्रमा मदिरा जन्य वस्तु विक्रि वितरणमा राेक लगाइएको छ । धनगढी उपमहानगरपालिका-१६ मा रहेको बेहडाबाबा मन्दिर क्षेत्रमा गंगा दशहराको अवसर पारेर यो वर्ष पनि धार्मीक मेला लाग्दैछ, जस्का लागि मदिरा बेच बिखनमा निधेष गरिएको हाे ।
मेलामा पूजाआजा गर्नेको संख्यासंगै मदिरा पान गरेर रमाइलो हेर्नेको संख्या समेत बढ्दै गएकोले मेला आसपासका क्षेत्रमा मदिरा बिक्रिवितरण गर्ने पसल थपिदै गएको छ । तर, यो वर्ष असार ३ गतेदेखि ५ गतेसम्म लाग्ने धार्मीक मेलामा सो क्षेत्रमा मदिराजन्य पदार्थ बिक्रि वितरणमा रोक लगाइएको छ ।
धनगढी उपमहानगरपालिकाले एक सूचना जारी गर्दै मेला अवधिभर सो क्षेत्रमा मदिराजन्य, सूर्तिजन्य पदार्थ बिक्रि वितरण गर्न निषेध गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले जारी गरेको सूचनामा मेला अवधिभर पूर्वमा गौरीगंगा नगरपालिका उदासीपुर र रामपुरको सिमाना, पश्चिममा खुटिया नदी, उत्तरमा धनगढी उपमहानगरपालिका, गोदावरी र गौरीगंगा नगरपालिका तथा दक्षिणमा बेहडाबाबा मावि जाने बाटोसम्म मदिराजन्य, सूर्तिजन्य पदार्थ बिक्रि वितरण गर्न निषेध गरेको छ ।