खोलाले बगाउँदा बाजुरामा एक महिलाको मृत्यु

११ असार ,धनगढी  :  बाजुराको खप्तड छेडेदह गाउँपालिकाको वडा नम्बर ३ र ४ मा पर्ने बार्जुगाड खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका–४ ग्वानीकी संगिता बोगटी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए ।

उनका अनुसार बोगटी मार्तडीबाट घर फर्किने बेला खोला तर्ने क्रममा बगाएर २० मिटर तल मृत अवस्थामा फेला परेकी हुन । स्थानीयले महिलालाई खोलाले बगाएको खबर गरेपछि प्रहरीको टोली गएर खोजी गर्दा मृत अवस्थामा फेला पारेको प्रहरी नायब उपरिक्षक बोहराले बताए ।

तपाईको प्रतिक्रिया