धनगढी, मंसिर ९ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीले धनगढीका विभिन्न क्याम्पसमा स्वास्थ्य सम्बन्धी अन्तरक्रिया गरिएको छ ।
विश्व प्रतिजैविक सचेतना सप्ताह २०२४ को अवसरमा क्याम्पसमा विद्यार्थीहरुसँग अन्तरक्रिया गरिएको हो ।
‘बुझौँ, बुझाऔँ : आजैबाट रोकथाममा जुटौँ’ भन्ने मूलनाराका साथ धनगढीमा यही मंसिर ३ गतेदेखि ९ गतेसम्म विश्व प्रतिजैविक सचेतना सप्ताह सुरु भएको हो ।
मानिसहले प्रयोग गर्ने औषधीहरुको प्रतिरोध क्षमता विकास भइरहेकाले त्यसलाई घटाउनका लागि सप्ताह व्यापी रुपमा विभिन्न क्रियाकलापहरु गरिएको स्वास्थ्य कार्यालय कैलालीका हेल्थ असिस्टेन्ट मीनबहादुर धामीले बताए ।
२०१५ देखि प्रत्येक वर्ष नोभेम्बर १८ देखि २४ सम्म विश्वभरी नै सप्ताह कार्यक्रमहरु मनाउने गरिएको छ । औषधीहरुका बारेमा आम मानिसहरुलाई सचेतना जनाउनका लागि कार्यक्रम आवश्यक रहेको धामीले जानकारी दिए ।