धनगढी, कार्तिक २५ । कैलालीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले भारतीय नाकाहरुबाट भन्सार छली गरी ल्याएका पाँच लाख आठ सय ५० रुपैयाँ बराबरको ामान बरामद गरेको हो ।
कैलालीको टीकापुर नगरपालिका ९ ठोके बजारस्थित भित्री सडक खण्डबाट अन्दाजी चार लाख ४२ हजार आठ सय ५० रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरिएको छ । यहाँबाट प्रहरीले हरियो खुर्सानी, बदाम, छिद्रा माछा र तीन थान मोटरसाइकल बरामद गरेको छ ।
प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर २ र वडा नम्बर १३ बाट अन्दाजी ४७ हजार ६ सय रुपैयाँ बराबरको कपडा, सुर्तीजन्य पदार्ज र प्लाष्टिक झिल्ली बरामद गरेको छ ।
त्यसैगरी भजनी नगरपालिका वडा नम्बर ७ शिविर टोलबाट अन्दाजी १० हजार चार सय रुपैयाँ बराबरको चिनी र हरियो खुर्सानी बरामद गरिएको छ ।
बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाइएको कैलाली प्रहरीले जनाएको छ ।