कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित ६ जना पक्राउ

३० चैत, धनगढी : लागुऔषधसहित कैलाली र कञ्चनपुरमा ६ जना युवा पक्राउ परेका छन ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ भवानी मार्गबाट एक ग्राम ८ सय ६० मिलिग्रामसहित दुई जना युवा बुधबार पक्राउ परेका हुन । सोहि स्थानका २५ वर्षीय प्रकाश साउद र धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय किशोर पक्राउ परेको प्रहरीले जनाएको छ । दुबै जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो ।

त्यस्तै कञ्चनपुरमा चार जना युवा लागुऔषधसहित पक्राउ परेका छन । जिल्लाको बेलौरी नगरपालिका–१० भुडाबाट तीन ग्राम ७ सय ३० मिलिग्रामसहित २ जनालाई बुधबार पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका–३ बिचपुरीका २६ वर्षीय करन डगौरा र २४ वर्षीय अजय चौधरी रहेका छन् ।

उक्त स्थानमा सु.प.प्र.०२००३ प ४२४७ नम्बरको मोटरसाइकल रोकी उभिइरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा लागुऔषधसहित फेला पारेपछि पक्राउ गरेको थियो। कञ्चनपुरबाटै थप लागुऔषधसहित दुई जना पक्राउ परेका छन ।

जिल्लको भीमदत्त नगरपालिका–४ हल्दुखालका १८ वर्षीय अमित खत्री र भीमदत्त नगरपालिका–१८ का करन चौधरी लागुऔषधसहित पक्राउ परेका हुन् ।

कञ्चनपुर प्रहरीले ५४ थान एम्पुलसहित दुबै जनालाई पक्राउ गरिएको जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । पछिल्लो समय प्रहरी लागुऔषध विरुद्ध प्रहरीको सक्रियता बढेपछि संलग्नहरु एकपछि अर्को धमाधम पक्राउ पर्न थालेका छन ।

तपाईको प्रतिक्रिया