कैलाली बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाई कमिटि आन्दोलित

Uncategorized

धनगढी । सुदुरपश्चिम विश्वविद्यालयले प्रकाशित गरेको विज्ञापनको विरोधमा कैलाली बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाई कमिटि आन्दोलित भएको छ । विश्वविद्यालय सेवा आयोगद्वारा पुष २ गते कैलाली बहुमुखी क्याम्पसको समायोजनका लागि प्रकाशित विज्ञापनमा केही शिक्षक तथा कर्मचारीलाई छुटाएको भन्दै प्राध्यापक संघ आन्दोलित भएको हो ।

प्राध्यापक संघले विनियम २०७८ विपरीत सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगले कार्यकारी परिषदबाट कार्यादेश पाएको सात महिना बितिसके पछि नियम ११० (ख) विपरित कैलाली बहुमुखी क्याम्पस ९ जना शिक्षक तथा कर्मचारीलाई समायोजनमा छुटाइएकाले आन्दोलन गर्नुपरेको जनाएको छ ।

विज्ञप्तीमा सुदूरपश्चिम विश्वविद्यालयले समायोजन पूर्वको सहमति विपरित कैलाली बहुमुखी क्याम्पसका ९ जना शिक्षक तथा कर्मचारीलाई छुटाएको भन्दै समायोजन गरिदिन माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *