१६ बैशाख, धनगढी : कैलाली प्रहरीको कमाण्ड समालेका दुई प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
यसअघि जिल्ला प्रहरी कार्यालय कैलालीको कमाण्ड समालेका एसपी विश्व अधिकारी पहिलो नम्बरमा एसएसपीमा बढुवाका लागि सिफारिस भएका हुन । त्यस्तै कैलाली प्रहरीकै कमाण्ड समालिसकेका एसपी सोमेन्द्रसिंह राठौर पनि सातौ नम्बरमा एसएसपीमा बढुवा सिफारिस गरेको गृहमन्त्रालयले विज्ञप्तीमार्फत जनाएको छ ।
नेपाल प्रहरीले १८ उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरेको छ । नेपाल प्रहरीको बढुवा समितिको शुक्रबार बसेको बैठकले १८ जनालाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।
भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले, मुकुन्द मरासिनी, दीपशमशेर जबरा र बेलबहादुर पाण्डे क्रमशः एकदेखि दशौं नम्बरको बढुवा सूचीमा छन ।
यसैगरी दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन एसएसपीमा बढुवा सिफारिस भएको बढुवा समितिका सदस्य–सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले बताए ।