जिसस कैलालीको प्रमुखमा नाउपाबाट डगौरा थारूको उम्मेद्वारी दर्ता

धनगढी, मंसिर २ । आसन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुखका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा)नाउपाबाट रुपमति डगौरा थारूको उम्मेद्वारी दर्ता गरिएको छ ।

नाउपाका नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर थारूले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

टीकापुर नगरपालिकाको कार्यपालिका सदस्य थारू सोही नगरपालिकाको वडा नम्बर ४ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

उम्मेदवारी दर्ताका लागि आज (आइतबार) विहान १० बजेदेखि ५ बजेसम्मको समय तोकिएको छ ।

कैलालीमा अहिलेसम्म ३ बजेसम्म नाउपाका उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गरेको छ ।

कैलालीमा जम्मा २५ मत मध्ये नाउपाका ७ मत छन् । त्यस्तै काङ्ग्रेसका ८, एमालेका पाँच, माओवादी केन्द्रका तीन र एकीकृत समाजबादीका एक मत छन् ।

माओबादी केन्द्रबाट निर्वाचित टीकापुर नगरपालिकाका उपाध्यक्ष निलम्बित छन् ।

जिल्ला समन्वय कैलालीका प्रमुख पदम कलेलको निधन भएपछि अहिले निर्वाचन हुन लागेको हो ।

तपाईको प्रतिक्रिया