कैलाली उद्योग वाणिज्य संघद्वारा केन्द्रीय सदस्य कुँवरलाई बधाई तथा सम्मान

१४ बैशाख, धनगढी : नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरलाई बधाई तथा सम्मान गरिएको छ ।

कैलाली उद्योग वाणिज्य संघले बुधवार बधाई तथा सम्मान कार्यक्रमको आयोजना गर्दै केन्द्रीय सदस्य कुँवरलाई सम्मान गरेको हो ।
कार्यक्रममा संघका ज्येष्ठ सदस्य तिलक बोहराले केन्द्रीय सदस्य कुँवरलाई माला र खादाले सम्मान गरेका थिए । कुँवर यही चैत्र २८ र २९ गते भएको नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक चुनावी साधारण सभाबाट जिल्ला नगरको (खुल्ला तर्फ) बाट केन्द्रीय कार्यकारिणी समिति सदस्यमा ६७ मत ल्याएर विजय भएका थिए ।

बधाई तथा सम्मान कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य कुँवरले यहाँहरूको साथ सहयोगले गर्दा नै आफू विजय भएको तथा संघको अध्यक्ष रहिराख्दा संघले गरेका कार्यहरूले गर्दा नै अन्य जिल्लका उद्योगी व्यवसायहरूले मूल्याङ्कन गरेर आफूलाई मत दिएको उनले बताए । विगतका दिनमा जिल्ला नगरका समस्याहरू महासंघले सुन्नवाई नगरेको भए पनि अब जिल्ला नगरका समस्याहरूलाई समाधान गर्न गरेर अगाडि बढ्ने उनले बताए ।

कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले कार्यक्रममा स्वागत मन्तव्य राख्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया